Logo

बरिष्ठ गीतकार बी.बी. थापाको दशै तिहार गीत “गाउघरमा आयोरे दशैँ “ सार्वजनिक (हेर्नुहोस भिडियो)



Spread the love

हिन्दुहरुको महान पर्ब दशै आउन केही साता मात्र बाँकी रहँदा विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका दशै- तिहार गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।

यसै बिच बरिष्ठ गीतकार बी.बी. थापाको “गाउघरमा आयोरे दशैँ “गीत सार्वजनिक भएको छ।बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक रुपक डोटेल ,कुशल्राज खड्का ,संजय बडालको स्वरमा सजिएको “गाउघरमा आयोरे दशैँ “गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको हो ।

गीतमा संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको छ ।

भिडियोमा बी.बी. थापा, रुपक डोटेल ,कुशल्राज खड्का ,संजय बडाल लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ।

गीतलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् ।यस गीतको भिडियोलाई रोशन दाहालले सम्पादन गरेका छन् भने आशिस नेपालले निर्देशन गरेका हुन ।

यस गीतले आफ्नो देश छाडेर परदेशमा काम गर्न जानुको पीढालाई निक्कै मार्मिक रुपमा देखाईएको छ ।

भिडियोलाई बिबी थापा इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/9oUHcekQk1I

प्रतिक्रिया दिनुहोस्