Logo

प्रिमियर लिग : सनको दुई गोलमार्फत टोटनह्यामको सहज जित



Spread the love

२९ भदौ, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेसविरुद्धको खेलमा टोटनह्यामले ४–० को जित निकालेको हो ।

१० औं मिनेटमा अग्रता लिएको टोटनह्याम पहिलो हाफमा नै ४ गोल गरेको थियो । जसमध्ये एक उपहार गोल हो । खेलको १०औं मिनेटमा सनको गोलमार्फत टोटेनहमले खेलमा अग्रता बनायो । २१औं मिनेटमा प्याट्रिक भान आनहल्टले आत्मघाती गोल गरेसंगै टोटेनहमले आफ्नो अग्रतालाई दोब्बर गर्यो । त्यसको दुई मिनेट पश्चात नै सनले आफ्नो व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले ३–० को अग्रता लियो । ४२औं मिनेटमा इरिक लमेलाले गोल गरेपछि टोटेनहम पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

दोस्रो हाफमा थप गोल हुन नसक्दा पहिलो हाफको चार गोल नै टोटेनहमको जितको लागि पर्याप्त रह्यो ।

प्रतिक्रिया दिनुहोस्