Logo

नेयमारको गोलसंगै फ्रेन्च लिग वानमा पीएसजी विजयी



Spread the love

२९ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा संघर्षपुर्ण जित हात पारेको छ । घरेलु मैदानमा स्टार्सवर्गविरुद्ध बराबरी भएको खेलमा नेयमारले इन्ज्युरी समयमा गोल गर्दै पीएसजीलाई १–० को जित दिलाएको हो ।

पुनरागमन खेलमै नेयमारले गोल गर्दै पीएजसीलाई जित दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले अर्काे गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा नेयमारको गोलले मान्यता पाएन । भिएआरले नेयमार अफसाइड रहेको जनाएको थियो ।

पीएसजीले लिग वानमा ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्