Logo

प्रिमियर लिग: नर्विचविरुद्ध डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित



Spread the love

२९ भदौ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग पराजित भएको छ । सिटी नर्विचसँग ३–२ ले पराजित भएको हो ।

नर्विचको जितमा केन्नी म्याकलिन, टोड क्यान्टवेल र टिमु पुक्कीले गोल गरे । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिले गोल फर्काए ।

घरेलु टोलीले खेलको १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोलमार्फत अग्रता लियो । खेलको २८ औँ मिनेटमा टोड कान्टवेलले गोल गर्दै नर्विचको अग्रता दोब्बर पारे । सिटीका लागि खेलको ४५ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई बराबरीमा ल्याउने प्रयास गरेका थिए ।

खेलको ५० औँ मिनेटमा नर्विचका लागि टेमु पुक्किले गोल गर्दै घरेलु टोलीलाई ३–१ गोलको अग्रता दिलाए । यता सिटीका लागि खेलको ८८ औँ मिनेटमा रोर्डिगोले गोल गरेपनि सिटीलाई हारबाट भने जोगाउन सकेनन् ।

सिटीको यो प्रिमियर लिगमा पहिलो हार हो । हारपश्चात पनि सिटी १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्