Logo

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको प्रभावशाली जित



Spread the love

२९ भदौ, काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशाली जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले बायर लिभरकुसेनलाई ४–० ले पराजित गरेको हो ।

डर्टमन्डको जितमा कप्तान मार्काे रिउसले दुई तथा पाको अल्कासेर र राफेल गुरेरोले गोल गरे । अचरफ हाकिमीको पासलाई सदुपयोग गर्दै खेलको २८औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

जाडोन सान्चोको पासमा ५०औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमन्डको अग्रतालाई दोब्बर बनायो । ८३औं मिनेटमा राफेल गुरेरोले गोल गरेपछि डर्टमन्ड खेलमा ३–० ले अघि बढ्यो । इन्ज्युरी समयमा रिउसले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ४–० को जित दिलाए ।

जितसँगै डर्टमन्ड ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्