Logo

काङ्ग्रेसद्वारा आज पनि संसद् अवरुद्ध गर्ने



Spread the love

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गर्ने भएको छ । कांग्रेसले बिहीबार बाँकेमा आयोजना गरेको कार्यक्रममा नेकपाले आक्रमण गरेको भन्दै बिहीबार काङ्ग्रेसले त्यसबारे गृहमन्त्रीको जवाफ मागिरहेको छ । यही विषयलाई लिएर गृहमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने कांग्रेसका सांसदहरुले बताएका छन् ।

बिहीबार नेपाली काङ्ग्रेसले बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात नै भाँच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्