Logo

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसद्वारा सदन अवरूद्ध



Spread the love

२९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनालाई लिएर संसद अवरुद्ध गरेको छ । कांग्रेसले राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि कारबाहीको माग राख्दै सदन अबरूद्ध गरेको हो ।

आइतबार घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएसंगै कांग्रेस सांसदले आपत्ति जनाएका थिए।

गृहमन्त्रीले रोष्टमबाट दुई पटक घटनाबारे सरकारको धारणा राखेता पनि उक्त धारणा चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसद उठेर विरोध गरिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद ३० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्