Logo

यस्ता छन् नियमित पिस्ता सेवन गर्नुका अद्भूत फाइदाहरु



Spread the love

पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये कमै होलान्।

पिस्तालाई प्राय मीठा परिकार जस्तो कि हलुवा, आइसक्रिम, कुल्फी आदिमा प्रयोग गरिन्छ । यसले खानाको स्वाद नै बेग्लै बनाउन मद्दत गर्छ । यसको नियमित रुपमा सेवनले स्वास्थ्यमा सकारात्मक फाइदा ल्याउनुका साथै अन्य थुप्रै फाइदाहरु छन् :

-फाइबर
अन्य फाइबर जन्य खोराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ ।

-क्यारोटिन
पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ ।

-मासुको सट्टामा
पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ । 

प्रोटिन
हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन्

-मुटु
नियमित रुपमा पेस्ता खानाले मुटुजन्य समस्या बाट सहजै छुटकारा पाउन सकिन्छ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ ।

– पोषण
पिस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्