Logo

फास्ट ट्रयाक हुँदै पाइपबाटै काठमाडौंमा तेल



Spread the love

मलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँगै जोड्ने द्रुतमार्फ (फास्ट ट्रयाक) को किनारै किनार काठमाडौंसम्म ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दैै पाइपमार्फत तेल ल्याउन कठिन हुने भएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।

आईओईका पूर्व डिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्