Logo

तरकारीको स्वाद प्याज महँगियो, कालिमाटीमै ९६ रुपियाँ



Spread the love

तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याइपुर्याउदा झन् महँगो भएको हो ।

पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ ।

कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्