Logo

बैतडीमा एक सुत्केरी महिलाको मृत्यु



Spread the love

बैतडी । बैतडीको  शिवनाथ गाउँपालिकाकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। गाउँपालिका–१ गाउँसल्लाकी २१ वर्षीया गौमती चाँडको मृत्यु भएको हो ।

स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा सुत्केरी हुनबित्तिकै गौमतीको आइतबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

मृतक सुत्केरी महिलाका श्रीमान रोजगारीका लागि भारतमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्