Logo

विप्लवका जिल्ला सक्रेटरीले गरे जेलबाटै नेकपामा प्रवेश



Spread the love

३० भदौ, फिक्कल । नेपाल कम्युनिष्ठ पार्टी विप्लव समूहका इलाम जिल्ला सक्रेटरी दीपेन राईले जेलबाटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनले पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको एक प्रेस विज्ञप्ति जारी गरी घोषणा समेत गरेका छन् ।

विज्ञप्तिमा राईले, विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको उल्लेख गरेका छन् ।

गत चैत २० गते झापाको विर्तामोडबाट पक्राउ परेका राईलाई हाल इलामकाे कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्