Logo

प्लेन उड्न नसक्दा दर्जनौं विदेशी पर्यटक अलपत्र



Spread the love

३० भदौ, सोलुखुम्बु । सोलुखुम्बुको लुक्लामा तीन दिनदेखि मौसम प्रतिकूल भएका कारण प्लेन उड्न नसक्दा दर्जनौं विदेशी पर्यटक अलपत्र परेका छन् ।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार, शुक्रबार २० वटा उडान तालिका भएतापनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार पनि २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन सकेको छैन ।

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।

लुक्लाका प्रमुख अधिकारीका अनुसार खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएका छन् ।

निश्चित समय तालिका मिलाएर भ्रमण आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको हाे ।

यो समय मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्