Logo

भारतीय बस नेपालमा दुर्घटना !



Spread the love

३० भदाै, तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ स्थित पृथ्वीराजमार्गमा पर्ने कमलाबारीमा आज बिहान तीर्थयात्रु सवार भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन्  ।

दुर्घटनामा परि घाइते भएकाहरूमध्ये छ जनाको अवस्था मध्यम रहेको छ भने १२ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ र बाँकी सबै डिस्चार्ज भइसकेका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने तनहुँ प्रहरीले अनुमान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्