Logo

वीरनारायण मार्गको शिलान्याससँगै इटहरीमा बहुवर्षे सडक निर्माण सुरु



Spread the love

३० भदौ, इटहरी । इटहरीमा बहुवर्षे सडक निर्माण सुरु भएको छ ।

बहुवर्षे योजनाअन्तर्गत इटहरी-११ भुसकलुवादेखि इटहरी-१० आमझोंगीसम्म पुग्ने ‘वीरनारायण मार्ग’को मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले संयुक्तरुपमा शिलान्यास गरेसँगै बहुवर्षे सडक निर्माण सुरु भएको हाे ।

आगामी वर्षको जेठ ४ गतेसम्म कालोपत्रे सक्ने लक्ष्य रखिएकाे डेढ किलोमिटर लामो यो सडकको नामाकरण १ सय ४४ वर्षसम्म बाचेका वीर नारायण माझीको नामबाट (वीरनारायण मार्ग) गरिएको छ । इटहरी उपमहानरले ११ वटा सडकलाई वहुवर्षे योजनामा पारेर कालोपत्रे गर्दैछ ।

वीरनारायण माझीको जन्म विक्रम सम्वत १९१३ मा र निधन २०५७ सालमा भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्