Logo

बसभित्रै २ बालिका बलात्कृत !!



Spread the love

 काठमाडौं । काठमाडौँको मनमैंजुमा २ जना बालिका बसभित्रै बलात्कृत भएका छन् ।

प्रहरीका अनुसार, तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी एक बालिका र घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य बाहिर आएको छ ।

मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेपछि महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आयो र प्रहरीले बालिकासँगको सोधपुछ गरेपछि, बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको प्रहरीले बताएकाे छ ।

बालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार राईले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ ।

राईलले ११ वर्षीया बालिकाकी साथी, १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्