Logo

गाउँपालिकाका अध्यक्ष गिरीमाथि लागेको बहुविवाहको आरोप खारेज



Spread the love

३० भदाै, प्युठान । नेपाली काँग्रेस प्युठानका सचिव समेत रहेका गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीमाथि लागेको बहुविवाहको आरोप खारेज भएकाे छ ।

गिरीमाथि लागेको बहुविवाह आरोपकाे मुद्दाकालागि प्रमाण नपुगेको भन्दै, जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले  अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।

निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यका अनुसार, जिल्ला अदालत समक्ष मुद्दा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको हाे ।

गत भदौं १० गते श्रीमति सीता केसीले फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

हिरासतबाट मुक्त भए पश्चात् अध्यक्ष गिरीले न्यायकाे महशुस भएकाे भन्दै सहानुभुती राख्ने सबैलाई धन्यवाद दिएका छन् । बहुविवाह नगरेको र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने भन्दै अध्यक्ष गिरी १५ भदौमा प्रहरी समक्ष स्वयम् उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्