Logo

गुल्मीको मदाने गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न ,स्थानीय हर्षित



Spread the love

३० भदाै, गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मदाने गाउँपालिकाको आयोजना विपि नेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र नेपाल हेल्पको केही आर्थिक सहयोगमा शिविर सप्पन्न भएको हो ।

शिविरमा आँखा, नाक,कान,घाँटी को नि: शुल्क जाँच गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।

भदौ २८ र २९ गते चलेको नि: शुल्क स्वास्थ्य शिविरबाट चार सय ११ जना महिला र चार सय १३ जना पुरुष गरी आठ सय २४ जनाले सेवा लिएका थिए । ६२ जनाको मोती बिन्दुको अप्रेसन ,१२ जनाको घाँटी को अप्रेसन र चार सय जनलाई चस्मा प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।

जनताको घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले बताए ।

स्थानीय हर्षित :

आफ्नै घर आगनमा जटिल रोगको उपचार गराउन पाउँदा स्थानीय हर्षित भएका छन् ।

लामो समयदेखि आर्थिक अभावका कारण विभिन्न रोगले ग्रसित बनेका स्थानीयहरुले एकै पटक धेरै रोगहरुको उपचार गराउन पाउँदा राहतको महसुस गरेका छन् । यस्ता शिविरहरु समय समयमा आयोजना गर्नुपर्ने उनीहरूको सुझाव छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्