Logo

रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्न पुगेका पत्रकारहरु पक्राउ



Spread the love

३० भदौ, काठमाडौं । सिंहदरबारस्थित रेडियो नेपालमा विरोध प्रदर्शनमा उत्रिएकापत्रकारहरु पक्राउ परेका छन्।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्नका लागि पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरू नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महाहसंघका सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मद्धीप जैशी, मीन बम, यम विरही लगायत छन् ।

प्रकाउ गरिएका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्