Logo

लुक्लाबाट काठमाडौ उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखाल-२ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण (भिडियो)



Spread the love

काठमाडौं । सगरमाथाको काखमा अवस्थित सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् ।

काठमाडौं आउने क्रममा काभ्रेको पाँचखालमा मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटीमा ३ वटा र होक्सेमा एउटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण हेलिकप्टर सुरक्षित रुपमा अवतरण गरिएको र मौसम सफा हुनासाथ काठमाडौं उड्ने एसपी जयराम सापकोटाले जानकारी दिए ।

हेर्नुहोस् भिडियो:

 

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्