Logo

गायक राजेशपायल राईको घर जल्यो



Spread the love

काठमाडौं । चर्चित गायक राजेशपायल राईको नयाँ बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीका कारण राईले पाएका विभिन्न सम्मान तथा अन्य भौतिक सामग्रीहरू जेलर नष्ट भएका छन् ।

यद्दपी कुनै मानवीय क्षति भने नभएको गायक राईले जानकारी दिएका छन्। उनी यतिबेला कार्यक्रमको सिलसिलामा देश बाहिर छन् ।

घरमा आगलागी भएकोबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले भनेका छन्, ‘यो घडिमा अहिल्यै घरमा आउन सकिँन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि ।’ उनले आयोजकसँग अमेरिका र क्यानडामा दुइ महिनाको कार्यक्रमको सम्झौता भएको भन्दै तत्काल घर फर्किन नसक्ने जनाएका छन् ।

‘म पीडामा छैन किनकी तपाइँहरूको आशिर्वाद र मायाको अगाडी यो पीडा, पीडा हैन । तर यो परिस्थितीमा मेरा छिमेकीहरुले दर्शाउनुभएको सहयोग, नेपाल प्रहरी र दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन,’ उनले भनेका छन्, ‘अवार्ड जले होलान् तर दिएको आशिर्वाद, माया, सुझाव नजलोस् । म सदा तपाइँहरूको काखमा लुट्पुटिने मान्छे।’

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्