Logo

खुला दिशामुक्त हुँदैछ राजधानी काठमाडौं



Spread the love

३१ भदौ, काठमाडौं । देशकाे संघीय राजधानी काठमाडौं आज खुल्ला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरि औपचारिक रूपमा काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

काठमाडौं उपत्यका भित्रका तीन जिल्ला मध्ये भक्तपुर  जिल्ला २०७० साल कात्तिकमा र ललितपुर जिल्ला २०७५ जेठमा खुला दिसामुक्त घोषणा भएका थिएभने काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा  देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।

देशका धेरै जिल्लाहरू खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने लक्ष्य राखिएकाे राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जा र आलाेचनाकाे को विषय बनेको थियाे । अस्तव्यस्त काठमाडौंमा अझै पनि सार्वजनिक शौचालय प्रयापत नहुनु र भएका पनि शाैचालय भनि व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका भने छदै छ ।

भदौ मसान्तभित्रै खुला दिसामुक्त नेपाल घोषणा गर्ने लक्ष्य राखेकाे सरकारले लक्ष्यअनुसार काम नभएपछि असोज १३ को नयाँ मिति तोकेर नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्