Logo

परराष्ट्रमन्त्रीद्वार नेपालमा लगानी गरेर प्रतिफल उठाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान



Spread the love

३१ भदौ, काठमाडौं । नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको भन्दै नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आह्वान गरेका छन् । मंगलबार पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गरेर त्यसकाे प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले, नेपाल विश्वका ठुला देशहरूमध्येका भारत र चीन जस्ता देशहरुको बीचमा रहेकाले नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत हाे र त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने आस्वासन दिँदै  नेपालमा लगानि गर्न आह्वान गरेका छन् ।’

मन्त्री ज्ञवालीले , नेपालमा राजनीतिक स्थीरता भएकाे र लगानी र प्रतिफलको वातावरण बनेकाले नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर मनग्य नाफा कमाउन सकिने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्