Logo

सोलुमा एक विदेशी पर्यटककाे मृत्यु, सात जना बिरामी



Spread the love

३१ भदाै, साेलु । सोलुखुम्बुकाे सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।  साथै ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो । लेखमन केन्याका नागरिक थिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, मृतक र बिरामी सातै जनासहित १ जना गाईडलाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको छ ।

केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई मृत्यु भएको हो । साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्