Logo

यू–१८ साफ च्याम्पियनसिपका लागि खेलाडी घोषणा



Spread the love

३१ भदाै, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रतियोगिता आगामी शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुँदैछ।

नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपका खेलहरु हल्चोक स्थित शसस्त्र प्रहरी बल मुख्यालय मैदानमा हुनेछ ।

घाेषित खेलाडी टाेलि यसप्रकार छ 

गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी र पुजन होना
रक्षक : विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ,  एरिक रुम्बा र एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

प्रतिक्रिया दिनुहोस्