Logo

बिरामी बोकेको ट्याक्सी खोलाले बगायो !



Spread the love

३१ भदौ, पर्वत । म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै गरेकाे ट्याक्सीलाई कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण गिलमेरी खाेलामा आएको बाढीले ट्याक्सी बगाएको हो ।

    सांकेतिक तस्बिर

बिरामी बोकेको ध १ ज ६६० नम्बरको उक्त ट्याक्सी मंगलबार बिहान ४:४५ बजे  बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए ।

खोला बढेकाे देखेपछि यात्रु झारेर ट्याक्सी पार गराउन चालक हरिबहादुर खड्काले खोलाको नजिक ट्याक्सी लिएका थिए । खोलाकाे नजिक भएका कारण ट्याक्सी हिलोमा फसेको थियो । पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सीलाई साेहि ठाँउमा नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो ।

सडकबाट केही तल पुगेको ट्याक्सीलाई ट्राफिक प्रहरीले बाहिर निकाल्न प्रयास गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्