Logo

भ्यान पल्टिँदा एक युवतीको मृत्यु, तीन घाइते



Spread the love

३० भदाै, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेकि छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको र त्यसमा सवार अन्य तीन जना घाइते भएका छन् ।

अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्