Logo

समाजवादी पार्टीको नयाँ चुनाव चिन्ह पञ्जा



Spread the love

३१ भदौ, काठमाडौं । सत्तारुढ समाजवादी पार्टीकाे नयाँ चुनाव चिन्ह पञ्जा हुने भएकाे छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता हुँदा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । पार्टी एकता हुनुअघि समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो ।

समाजवादीका एक नेताका अनुसार,नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको हाे।

समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्