Logo

६ जना यात्रुसहित अरुण नदीमा खसेको जीपको खोजी गर्न गोताखोरको टोली मगाइयाे



Spread the love

१ असोज, विराटनगर । ६ जना यात्रुसहित अरुण नदीमा खसेको जीप खोज्न सम्स्या भएकाे छ । लगातारकाे वर्षाका कारण जीप खाेज्न समस्या भएको हो । जीपको खोजी गर्न समस्या भएपछि प्रहरीले गाेताखाेर मगाएकाे छ ।

सांकेतिक तस्बिर

घटनास्थलमा स्थानीयवासी र प्रहरी पुगे पनि खोजी कार्य गर्न कठिन भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासाभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

संखुवासभाकाे सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरकाे बोलेर जीप मंगलबार राति अन्दजी १० बजे धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर धरानतर्फ आउँदै गरेकाे जीप भीरबाट अरुण नदीमा खसेकाे थियो । दुर्घटनामा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर, बिरामी शिशुका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ र जीप चालक सन्तोष विक बेपत्ता भएकाे प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्