Logo

शिवसेनाका अध्यक्ष लगायतकालाई रिहाइ गर्न राप्रपाकाे माग



Spread the love

१ असोज, काठमाडौं । इन्द्रजात्रा पर्वमा विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रिहाइको माग गरेको छ ।

                                                                                                                                                                                                    फाइल तस्बिर

हिरासतमा रहेका बस्नेत लगायतका विरोध प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेकाे राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

राप्रपाले सरकारलाइ नागरिकको संवैधानिक अधिकार हनन गरेको आरोपसमेत लगाएकाे छ ।

इन्द्रजात्रामा सहभागी हुन आउँदा राष्ट्रपतिलाई कालो झण्डा देखाउन लागेको भन्दै प्रहरीले बसन्तपुर र न्यूरोडबाट अध्यक्ष बस्नेतलगायतका विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

बैद्धिक सनातन हिन्दू अधिराज्य स्थापनार्थ महाअभियानले ईन्द्र जात्राको अवसरमा प्रदर्शनमा उत्रेका बेला शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायत मानव सेवक, रविन्द्र कार्की (डब्बु), कृष्णबहादुर खड्का, राजेश तामाङ, हरिनारायण प्रसाद शाह, रघुराज राजभण्डारी, नारायण अर्याल, पारुहाङ उजुमी राई, कर्णवीर बस्नेत लगाएत पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्