Logo

संविधान दिवसका दिन प्रदेश १ ले २५ स्थानमा राष्ट्रिय झण्डा फहराउने



Spread the love

१ असोज, विराटनगर । असाेज ३ गतेका दिन संविधान दिवसको अवसरमा प्रदेश  १ ले २५ स्थानमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।

file photo

 

जिल्लाका सदरमुकाम र मुख्य बजारहरु गरी २५ स्थानमा राष्ट्रिय झण्डा राखिने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए ।

प्रदेश सरकारले तीन दिने कार्यतालिका बनाएर याे काम थालेकाे छ । पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय झण्डा राख्ने, सरकारी कार्यालय तथा सार्वजनिक स्थान सरसफाइ र साँझ दिपावली गरिने र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम छ ।

त्यसैगरि, संविधान दिवसका दिन बिहान आदर्श स्कुलबाट प्रभातफेरि निकालिने छ । प्रभातफेरि बजार परिक्रम गरी शहीद रंगशालामा पुगेर सभामा परिणत हुनेछ । दिउँसो ब्याकुल माइला, धावक मिरा राई र पर्वतारोही कामिरिता शेर्पालाई सम्मान गर्ने प्रदेश सरकारको कार्यक्रम छ ।

कार्यक्रममा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले मार्च पास गर्नेछन् भने विभिन्न झाँकीहरु प्रस्तुत गरिनेछ । विद्यालय र विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ । प्रदर्शनको मुल्यांकनका लागि छुट्टै समिति बनाइएको छ । समितिले सिफारिस गरेको आधारमा विद्यालय र अन्य क्षेलालाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने प्रवक्ता थापाले बताए।

झाकी प्रदर्शन गर्ने प्रथम समूहलाई नगद तीस हजार, द्धितीयलाई  २० र तृतीयलाई १० हजार र दुईवटा समूहलाई पाँच हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

शनिबार कार्यक्रम भएका ठाँउहरूमा सरसफाइ गर्ने कार्य तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्