Logo

नेपाल एयरलाइन्सको घोषणा: ज्येष्ठ नागरिकले भाडामा ५० प्रतिशत छुट पाउँछन्



Spread the love

१ असोज, काठमाडौं । ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सले घोषणा गरेको छ । बुधबार (आजैको दिन) बाटै लागू हुने गरी आन्तरिक हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय निगमले गरेको हाे ।

 

 

छुट बुधबार (आजैको दिन) बाटै कार्यान्वयनमा आउने तर यस्तो छुटको टिकट काट्नका लागि भने यरलाइन्सले टिकट काट्न छुट्टै  सफ्टवेयर निर्माण नगरेसम्म एयरलाइन्सको कार्यालयमै आइपुग्नुपर्नेए निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्य अनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेका थिए ।

नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्