Logo

पहिरोका कारण सोलुखुम्बु–काठमाडौं सडकखण्ड अवरुद्ध



Spread the love

१ असोज, काठमाडौं । लगातारकाे वर्षाका कारण सोलुखुम्बु–काठमाडौं सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

file photo

सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डलगायतका ठाँउहरूमा पहिरो खसेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

ट्राफिक प्रहरी इञ्चार्ज सञ्जीव चौधरीका अनुसार, सडकमा गएका पहिरोका कारण जिल्लाबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।

सामान्य पहिराेका कारण अहिलेसम्म जिल्लामा कुनै पनि अप्रिय घटना भने नघटेकाे सोलुखुम्बु प्रहरीले जनाएको छ । केही विपद् परिहालेमा तत्काल खबर गर्न पनि सोलुखुम्बु प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्