Logo

डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन: उपेन्द्र यादव



Spread the love

१ असोज, काठमाडौं । डेंगुकाे विषयमा सदनबाट आएका प्रश्नहरूकाे जवाफ दिँदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही सातायता नेपालमा डेंगु संक्रमण नियन्त्रणतर्फ उन्मुख रहँदै गएको जिकिर गर्दै डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेकाे बताएका छन् । बुधबार, सांसदहरूकाे प्रश्नहरूकाे जवाफ ससंसदकाे विशेष समयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल नरहेको दाबि समेत गरे ।

file photo

 

डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको नियन्त्रण रहेको बताउँदै मन्त्री यादवले, साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।

हालसम्म कुनै निश्चित औषधि र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको पनि यादवले बताए । साउन १ देखि भदौ २३ सम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु संक्रमण भएको र डेंगुकै कारण विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको पनि मन्त्री यादवले सदनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्