Logo

वायुसेवा निगमको सुधारको लागि आएकाे प्रतिवेदन, पर्यटनन्त्रीले बुझे



Spread the love

१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन भएको कार्यदलले बुझाएको आफ्नो प्रतिवेदन पर्यटनन्त्री योगेश भट्टराईले बुझेका छन् । पर्यटनमन्त्री भट्टराईलाई बुधबार प्रतिवेदन बुझ्दै निगमको सुधारको प्रयास शुरु भएको बताए ।

हाम्रो एकल निर्णयले सुधारको काम सम्भव हुँदैन अब व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा पनि लाग्नुपर्ने मन्त्री भट्टराईले बताए। निगममाथि अब नेपाल सरकारले दायित्व बढाउने पनि भट्टराईले बताए ।

निगमले सरकारसँग लगानी रहनेगरी २० अर्ब अनुदान मागिरहेका बेला मन्त्री भट्टराईले निगममाथि दायित्व बढाउन सरकार सकारात्मक रहेको बताए । ‘यसमा एउटा मात्र अवस्था बिश्वासिलो आधारमा दायित्व थप्ने हो । व्यवस्थापकहरुले बिश्वासिलो आधार दिनुपर्छ । सरकार दायित्व थप्न तयार छ ,’ उनले भने ।

निगममा सरकारको वर्चस्च्व हुने गरी मात्र विदेशी रणनीतिक साझेदार भित्राउने हो भन्दै अब यसका लागि सर्वसाधारणबाट पनि सुझाव माग्ने र तत्काल सम्भव हुने काम अब सुधार गरिहाल्ने र त्यस्काे शुरूवात गर्नका लागि आफुले निर्देशन दिएकाे पनि मन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्