Logo

प्रधानमन्त्रीद्वारा संसद भवनको शिलन्यास



Spread the love

१ असोज, काठमाडौं । सिंहदरबारभित्र रहेको पुतली बगैंचामा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । बुधबार विहान पूजापाठसहित प्रधानमन्त्री ओलीले उक्त भवन निर्माणको शिलान्यास गरेका हुन्।

शहरी विकास मन्त्रालयका अनुसार, भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । भवन निर्माणकाे ठेक्का टुण्डी सेक ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले पाएको छ । भवन निर्माणका लागि ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।  शिलान्यास समारोहमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्