Logo

अमेरिका जाँदै स्वास्थ्यमन्त्री यादव



Spread the love

१ असोज, काठमाडौं । नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज राती आज ९.३० बजे अमेरिका जाँदैछन् । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २२—२३ मा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन् ।

                                                                                                                                                                         file photo

मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने मन्त्रालयलले जारी गरेको विज्ञिप्तमा बताइएकाे छ ।

स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै चर्को विरोध भैरहेका बेला स्वास्थ्यमन्त्री यादव पुन विदेश भ्रमणमा जान लागेका छन् ।

वैशाखबाट सुरु भएको डेंगु प्रकोप अहिले ५६ भन्दा धेरै जिल्लामा फैलिसकेको छ भने डेंगुकै कारण ६ जनाको निधन पनि भइसकेको छ ।  डेंगुके प्रकोप नियन्त्रण गर्न निःशुल्क उपचारको विकल्प खुल्ला राखिएको मन्त्रालयले जनाएपनि अहिलेसम्म त्यसको कार्यन्वयन भने भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्