Logo

भ्रष्टाचारीलाई गाेली ठाेक्न फिलिपिनि राष्ट्रपतिकाे आग्रह !



Spread the love

एजेन्सी-  फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा बाेल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोलि ठोक्न समेत आग्रह गरेका छन् ।

                                                                  philippini president

भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुस मागे तत्काल थप्पड हान्न पनि उनले जनतालाई आग्रह गरे ।

विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटरटेमाथि देशमा लागू औषध तस्कर तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको हत्या गरेको आरोप छ । पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने तथा राष्ट्रवादी नेताको छविले भने देशका जनतामाझ उनी निकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्