Logo

लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ



Spread the love

२ असोज, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । बुधबार साँझ दुई जनालाई धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट  प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार, पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका- ३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका-२ घर भई धनगढी उप-महानगरपालिका-३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको हाे ।

उनीहरुको साथबाट नाइट्रोभेट १४४ ट्याब्लेट र गाजासमेत प्रहरीले बरामद गरेको छ । कैलालीमा लागूऔषध कारोबार दिनप्रतिदिन बढिरहेकाे छ । साे कारोबारमा यूवाहरूकाे संलग्नता बढि देखिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्