Logo

विश्व फुटबल बरियतामा नेपाल ५ स्थान माथि उक्लियाे !



Spread the love

२ असोज, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले आज बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले पाँच स्थान सुधार्दै १६१औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६६औं स्थानमा थियो ।

फिफाले सार्वजनिक गरेको विश्व बरियतामा छिमेकि भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । त्यस्तै, माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक स्थान सुधार गर्दै १८५औं स्थान ओगटेको छ । यता, बंगलादेश भने ५ स्थान तल झर्दै १८७औं स्थानमा छ भने श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा छ ।

विश्व बरियताको शीर्ष स्थानमा बेल्जियम कायमै रहेको छ । सन् २०१८ काे विश्वविजेता फ्रान्स भने एक स्थान उक्लिदै दोस्रो स्थानमा पुगेकाे छ । फ्रान्स एक स्थान माथि उक्लिदा दाेस्राे स्थानमा रहेकाे ब्राजिल एक स्थान तल झर्दै  तेस्रो स्थानमा पुगेकाे छ । त्यसैगरि, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्