Logo

संविधान दिवसका दिन काठमाडौं महानगरपालिकाले नागरिकलाई सेवा उपलब्ध गराउने



Spread the love

३ असाेज, काठमाडौं । संविधान दिवसका दिन टुँडिखेलमा हुन लागेकाे कार्यक्रममा उपस्थित आम नागरिकका लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएकाे छ ।

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार, प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको -याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पु-याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रबर्द्धन गर्ने हेतुले कामपाले सहभागीलाई राष्ट्रिय झण्डासहित -यालीमा सहभागी गराउनका निमित्त हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम गरेकाे छ । साथै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई घर-घरमा राष्ट्रिय झण्डा फहराउन पनि आग्रह गरेका छन् ।

दिवसको अवसरमा सबै मातहत कार्यालयमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्