Logo

राष्ट्रपति र प्रधानमन्‍त्रीलगायतका लागि ल्याइयाे डेढ अर्बकाे  हेलिकप्टर



Spread the love

३ असाेज, काठमाडौं । राष्ट्रपति, प्रधानमन्‍त्रीलगायतका भीभीआईपी व्यक्तित्वका लागि भनेर खरिद गरिएको करिब डेढ अर्ब मूल्यकाे महंगो र अत्याधुनिक नयाँ  हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर इटालीबाट १८ दिनपछि ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै पहिलोपटक नेपाल (काठमाडौं) आइपुगेको हो ।

सांकेतिक फाेटाे

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, दिउँसो १२ बजेर ५३  मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घन्टा उडेर काठमाडौं आइपुगेको छ । हेलिकप्टर त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।

इटालीमा बनेको अत्याधुनिक सुविधासम्पन्‍न सिट, भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको याे हेलिकोप्टर सेनामार्फत संचालन हुने छ । उक्त हेलिकप्टर राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि मात्र प्रयोग हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्