Logo

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको कठिन जित



Spread the love

३ असोज, काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले कठिन जित हात पारेको छ । बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एफसी अस्टनालाई १–० ले पराजित गरेको हो ।

युनाइटेडले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो । लगातार पोस्टमा आक्रमण गरेपनि गोलका लागि ७३औं मिनेटसम्म पर्खिनु परेको थियो । फ्रेडको पासमा १७ वर्षीय युवा मिडफिल्डर ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपश्चात थप गोल हुन नसक्दा युनाइटेड १–० ले विजयी भयो ।

जितसँगै युनाइटेडले समूह ‘एल’ मा ३ अंक जोडेको छ भने अस्टना अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्