Logo

युरोपा लिग फुटबलमा फ्रान्कफर्टमाथि आर्सनलको सानदार जित



Spread the love

३ असोज, काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले फ्रान्कफर्टमाथि प्रभावशाली जित हात पारेको छ । आसर्नलले उसकै मैदानमा फ्रान्कफर्टमाथि ३–० को जित सानदार जित निकालेको हो ।

बिहीबार राति भएको खेलमा आर्सनलले ३८औं मिनेटमा जोसेफ विललकको गोलबाट अग्रता बनायो । डोमिनिक कोरले ७९ औँ मिनेटमा रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा सीमित भएको थियो ।  ८५औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर गरे । त्यसको तीन मिनेटपश्चात नै पिएरे इम्रिक औवामियाङले गोल गर्दै आर्सनलाई ३–० को सहज जित दिलाए । जितसँगै समूह ‘एफ’ मा आर्सनलले ३ अंक जोडेको छ भने फ्रान्कफर्ट अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्