Logo

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)



Spread the love

३ आश्विन, सुर्खेत । विहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्यचोक मंगलगढी पुगे । दौरासुरुवाल, ढाँका टोपी र कोटमा सजिएका मुख्यमन्त्री शाही त्यहाँ पुग्नु अगावै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि सोही स्थानमा पुगिसकेको थियो ।

केहीवेरमै कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाही र विपक्षी दलका नेता जीवनवहादुर शाही पनि सोही ठाँउ आईपुगे । केही वेरमै प्रदेश सरकार मन्त्री, प्रदेश सभा सदस्यहरु, सरकारको विभिन्न ओहोदा रहेका पदाधिकारी, कर्मचारी, विद्यार्थी, पत्रकार तथा सर्वसाधारणको उपस्थितिले मंगलगढी चोक भरियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ अवसरमा मुल समारोह समितिले आयोजना गरेको प्रभातफेरी तथा समारोहका लागि उपस्थित सरकारी पदाधिकारी तथा सर्वसाधारणको समुहमा नेपाल प्रहरी व्याण्डवाजा, पंचेवाजा, स्थानीय थारु तथा लोपोन्मुख राउटे समुदायको झाँकीले छुट्टै रौनक ल्याएको थियो ।

प्रभातफेरीका लागि उपस्थित उक्त समुह करिव साढे सात वजे मंगलगढी चोकवाट मुख्यवजार, वीरेन्द्रचोक, पिपलचौतारा, वुद्धपथ, न्यूरोड, घण्टाघर हुदै वजार परिक्रमा गरेर खुलामञ्च आईपुग्यो । मुख्यमन्त्री सहितको प्रभातफेरीमा संलग्न जनसमुह साढे आठ वजे खुलामञ्चमा पुगिसकेपछि कर्णाली प्रदेश प्रदेश प्रमुख तथा मुल समारोहका प्रमुख अतिथि दुर्गाकेशर खनाल पनि खुलामञ्चमा आईपुगे ।

प्रदेश प्रमुखको आगमणसंगै नेपाली सेनाद्धारा प्रदेश प्रमुखको सम्मानमा सलामी दिईसकेपछि मञ्चको औपचारिक समारोहको कार्यक्रम शुरु भयो । हेरौं कर्णालीमा मनाईएको संविधान सभा दिवसका केही झलकहरु :

 

प्रतिक्रिया दिनुहोस्