Logo

ब्लाइन्ड डेट जानु पूर्व यस्ता कुराहरुमा ध्यान दिनुहोस्



Spread the love

आजकल सोसल मीडिया र च्याटिङ एप्सको माध्यमबाट आज अधिकांश युवा युवतीहरु एक-अर्कासंग जोडिएका छन् । अनलाइन कुराकानीमा उनीहरु एक-अर्कासंग यति नजिक हुन थाल्छन्, उनीहरु वास्तविक जीवनमा पनि भेटघाट र डेटिङको योजना बनाउन थाल्छन् ।

यद्यपि तपाईं त्यस्तो व्यक्तिसंग पहिलो पटक भेट्दै हुनुुहुन्छ,जसलाई तपाईले सोसल मिडियामा मात्र चिन्नु भएको छ भने त्यस्ता व्यक्तिलाई भेट्न जाँदा मन उत्तेजना र डर दुबै हुनु स्वाभाविक हुन्छ । तपाईं आफ्नो सुरक्षाको लागि यी कुराहरुमा ध्यान दिनुहोस् :
अनलाइन प्रोफाइल चेक गर्नुहोस्

प्राय: सोसल मीडियामा धेरै मानिसहरु आफ्नो बारेमा गलत जानकारी राख्छन् । यदि तपाईं आफुलाई सुरक्षित राख्न चाहानु हुन्छ भने अनलाइन रिसर्च गर्नुपर्छ ।

फोनमा कुरा गर्नु पर्छ

मानिस अनलाइन प्रोफाइलमा जुन पोस्ट गर्छन्, तर वास्तवमा उनीहरुको अफलाइनमा फरक किसिमको व्यक्तित्व हुन्छ । त्यसैले तपाईंले यदि भेटघाटको योजना बनाउनु भएको छ भने एक-अर्कासंग केही समय फोनमा बिताउनुहोस् ।

पर्सनल कुरा नगर्नुहोस्

यदि पहिलो भेटमा नै तपाईं एक-अर्का साथ राम्रो लाग्यो भने पनि धेरै पर्सनल कुरा सेयर गर्नु हुँदैन । जबसम्म विश्वास कायम हुँदैन कसैलाई पनि आफ्नो घरपरिवार र अति नै गोप्य कुराहरुको बारेमा जानकारी दिनु राम्रो होइन ।

सुरक्षामा ध्यान दिनुहोस्

जब तपाई पहिलो पटक कसैसंग भेट्न जाँदै हुनुहुन्छ भने आफ्नो सुरक्षाको ध्यान राख्नुहोस् । त्यसैले आफु पहिला पनि गएकोे रेस्टुरेन्ट अथवा क्याफेमा भेट्ने योजना बनाउनु होस् । त्यसैले कुनै नयाँ ठाउँमा जाने गल्ति गर्नु हुँदैन । यदि तपाईंले आफ्नो कुनै घनिष्ट साथीलाई आफ्नो यस योजनाको बारेमा बताउनुहोस् ।

ब्यालेन्समा बस्नुहोस्
पहिलो भेटमा नै धेरै खुलेर कुरा गर्दा अरुको अगाडि तपाईको छवि विग्रन सक्छ ।

मुस्कान यथावत राख्नुहोस्

मुस्कानले तपाईं आकर्षक त देखिनु हुन्छ नै, त्यसले तपाईंलाई फ्रेन्ड्ली लुक पनि देखिन्छ ।

पहिरनको छनौट

मानिसको व्यक्तित्व उसको पहिरनबाट झल्कन्छ, त्यसैले पहिरनको छनौट सोचिसम्झी गर्नु पर्छ ।

धैर्यतापूर्वक व्यवहार गर्नुहोस्

तपाई कसैलाई चिनजान बिना नै भरोसा गर्न सक्नु हुन्न । यदि तपाईंको भरोसा टुट्यो भने पनि धैर्यताका साथ काम गर्नुहोस र सबै कुरा पत्ता लगाउने कोशिस गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्