Logo

साफ यु-१८ : डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्ससँग बराबरीमा राेकियो



Spread the love

३ असोज, काठमाडौं । नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपकाे पहिलाे खेलमा माल्दिभ्ससँग बराबरीमा राेकिएकाे छ । एपीएफ क्लबकाे खेल मैदानमा भएकाे खेलमा नेपाल माल्दिभ्ससँग १-१ गाेलकाे बराबरीमा राेकिएकाे हाे । पहिलाे हाफमै पछि परेकाे नेपालले दाेस्राे हाफमा पुनरागमन गाेल गरेकाे हाे ।

खेलकाे १३ औ मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता बनाएको हाे । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपश्चात प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गाेल गरेका थिए ।

७४ औ मिनेटमा मनिष डाँगीले बराबरी गाेल फर्काए । त्यसपश्चात दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल १-१ गाेलकाे बराबरीमा सकियाे ।

प्रतिक्रिया दिनुहोस्