Logo

नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी



Spread the love

४ असोज, काठमाडौं । शक्तिशाली छिमेकि राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ असोजकाे अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका भने सार्वजनिक भएकाे छैन तर छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालयकाे उच्च स्रोतले बताएकाे छ ।

फाइल तस्बिर

राष्ट्रपति सी भारतको भ्रमण सकेर चीन फर्कनु अघि नेपाल आउने वा बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने भन्नेमा टुंगो भने नलागेकाे चिनियाँ राजदूतावास श्रोतले जनाएको छ । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउने परराष्ट्रका एक उच्च अधिकारीले बताए ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ ।

२३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्