Logo

७७ जना कविको कविता सङ्ग्रह ‘जस्ट लभ मी’ अनावरण



Spread the love

४ असोज, काठमाडौं । शुक्रबार काठमाडौंको बानेश्वरमा नेपालका ७७ जना कविको अंग्रेजी चित्र–कविता सङ्ग्रह ‘जस्ट लभ मी’ अनावरण गरिएको छ । साहित्य विधाकै फरक पुस्तक ‘जस्ट लभ मी’ भारतीय साहित्यकार तथा सम्पादक रघुवीर शर्मा, कवि भीष्म उप्रेती, कवि तथा सम्पादक सुवास सिंह पराजुलीले संयुक्त रूपमा अनावरण गरेका थिए ।

किताबमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका दुई कविता समाविष्ट छन् । चन्दका अलावा सुवाससिंह पराजुली, रुपसिंह भण्डारी, उमेश दाहाल, कवित श्रेष्ठ, मनीषा कोइराला, स्मृति गुरूङ, गौरव देवकोटा, भीष्म उप्रेती, ईश्वर कडेंल तथा रघुवीर शर्मा लगायत जम्माजम्मी ७७ कविका कविता समावेश गरिएको छ । जसमा २० वटा कविता नेपाली लेखकका छन् ।

भारतीय नेपाली कवि पराजुली तथा भारतीय साहित्यकार रघुवीर शर्माको संयुक्त सम्पादन रहेको पुस्तकको नेपाली मूल्य दुई हजार रुपैयाँ छ । शर्मा नेपालका लागि भारतीय राजदुतका संस्कृति विभाग कर्यकारी पनि हुन् । उक्त कार्यक्रमलाई वर्डस् हाइवे इन्टरनेसनल नेपाल र वल्ड पिक्चरिएल पोएट्री भारतको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सप्पन गर्न ग्लोबल कन्सल्ट काठमाडौंले सहयोग प्रदान गरेको थियो । सोही कार्यक्रममा आयोजक पक्षले गत अप्रिल महिनामा काठमाडौंको ठमेलमा सम्पन्न भएको सात दिने बृहत् कविता प्रदशनीको प्रमाण पत्र वितरण पनि गरेको थियो । सो प्रमाणपत्र कविता विधामा विश्वमै पहिलो पटक भएको कविता प्रदशनीको उच्च कदर गर्दै गोल्डेन वल्ड रेकर्ड अर्गनाइजेशनले सम्मान स्वरुप प्रदान गरेको थियो । उक्त प्रदर्शनीमा नेपाल, भारत, भुटान, मलेसिया, बंगलादेश, बेलायत, मौरिससलगायत देशका कविका कविता समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्