Logo

४ रेक्टर स्केलको भूकम्प गयाे



Spread the love

४ असोज, काठमाडौं । गोरखा, धादिङ, तनहुँ र लमजुङमा एका बिहानै भूकम्पकाे धक्का महशुस भएकाे छ । भूकम्पले गाेरखालाइ केन्द्रबिन्दु बनाएकाे थियाे ।

 

बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर  ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

२०७२ वैशाख १२ गतेकाे  विनासकारी भुकम्पपछि नेपालमा साना- ठुला गरेर पटक- पटक भुकम्पकाे धक्का महशुस भइराखेका छन् । यसै सातामात्रै पनि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्पकाे धक्का महशुस भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्